images
images

सबैको अपनत्व हुनेगरि बजेट ल्याउछौँः अर्थमन्त्री


  • 327
    SHARES
  • २०७८ चैत्र १६ गते बुधबार

    सबैको अपनत्व हुनेगरि बजेट ल्याउछौँः अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक बर्ष २०७९–८० को बजेट सबैको अपनत्व हुने गरी निर्माण हुने बताए । उनले कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सृजना, श्रम–सीपको उचित व्यवस्थापन, विकास खर्चमा सुधार, सुधारिएको लगानीको बातावरण, निजी क्षेत्रमैत्रीलगायतका बिषयलाई प्राथमिकता दिएर बजेट निर्माण हुने बताए ।

    नेपाल आर्थिक संघ, बैंक तथा बित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको वृहत आर्थिक बहस कार्यक्रममाा बोल्दै उनले भने ‘किसानले आफ्नै बारीमा बजेट पसेको महसुस गरून्, व्यापारीले आफ्नो गोदाममा उज्यालो पसेको खुसी पाउन् । हामी यो दृष्टिकोण राखेर बजेट निर्माणमा केन्द्रित छौं’ उनले भने । 

    चालू आर्थिक बर्षको ८ महिनामा कुल बैदेशिक ब्यापारमा निर्यातको हिस्सा १० प्रतिशत नाघेको भन्दै आगामी दिनमा यो तथ्यांकलाई थप सुधार गर्न उत्पादन वृद्धिको विकल्प नरहेको बताए । चालू आर्थिक बर्षको ८ महिनाससम्ममा निर्यातले नयाँ किर्तिमान राख्दै १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँको निर्यात भएको थियो । जुन अघिल्लो बर्षको भन्दा ८२.९० प्रतिशत बढी हो ।

    हाम्रो साधन स्रोतको अधिकतम प्रयोग गरेर पुँजी निर्माण गर्नुपर्नेछ । तर गर्ने कसरी ? मलाई यस बिषयमा सुझाव चाहिएको छ’ उनले भने । उनले बाह्क कारण अर्थतन्त्रमा असर परेको तर अर्थबिद्हरुले व्यक्तिगत रुपमा आफूनो बारेमा नकारात्मक टिप्पणी गरेको बताए । ‘केही बिद्धानसाथीहरुले गरेको टिप्पणी सुनेको छु । कुन विश्वविद्यालयबाट ज्ञान हाँसिल गर्नुभएको हो, थाहा छैन । त्यो विश्वविद्यालयको नै बेइज्जत हुने देख्छु’ उनले भने ।

    २५ भदौमा सार्वजनिक प्रतिस्थापन मार्फत चालू आर्थिक बर्षको आर्थिक वृद्धिदर ७  प्रतिशत हुने लक्ष्य लिएको र स्थिति सामान्य भएको भए लक्ष्य भन्दा बढी आर्थिक वृद्धिदर हाँसिल हुने स्थिति रहेको उनले दाबी गरे । ‘तर, बजेट घोषणा लगत्तै केही समयपछि कात्तिक पहिलो साता बेमौसमे बर्षात्ले धान बालीमा ठूलो क्षति भयो । 

    अहिले युक्रेन–रुस युद्धले विश्व अर्थतन्त्रसँगै नेपाालको आयातुमखी अर्थतन्त्रलाई पनि असर गरेको छ’ उनले भने, ‘यसरी बाह्य कारणले ठूलो असर गर्दा हामीले सोचेजस्तो आर्थिक अवस्थामा देशको अर्थतन्त्रलाई राख्न नसकिएको बिषय सबैले बुझ्नुपर्छ ।’

    उनले सरकारले नियमन गर्न सक्ने ठाउँसम्म पुगेर अर्थतन्त्रलाई सम्हालिरहेको पनि जानकारी दिनुभयो । साथै, ६.७ महिनासम्मको बस्तु तथा सेवा आयात गर्न धान्ने बिदेशी मुद्रा संचित रहेकाले अहिले नै आत्तिनुपर्ने अवस्थामा नरहेको बताए ।

    कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले बाह्य तत्वको असरका कारण अर्थतन्त्र दबाब परेको बताए । उनले देश भित्रै उत्पादन र रोजगारी वृद्धि गर्नुपर्ने बताए । ‘केही बस्तुको आयातमा प्रतिबन्ध गर्न र आयातमा थप कडाई गर्न विभिन्न क्षेत्रबाट सुझाव आएपनि अर्थतन्त्रलाइ सकेसम्म खुल्ला छाड्नुपर्छ, नियन्त्रणा गर्नु हुँदैन भन्ने सरकारको नीति छ’ उनले भने ।

    कार्यक्रममा आर्थिक संघका अध्यक्ष तथा बरिष्ठ अर्थशास्त्री डा. विश्वम्भर प्याकुरेलले दुई अंकको आर्थिक वृद्धिदरसमेत संभव भएको भन्दै अर्थतन्त्रलाई बिस्तार गर्न सुझाव दिएका थिए । उनले क्रिप्टोकरेन्सी, हाइपर फण्डलगायतकाट पुँजी पलायन भइरहेको भन्दै नियमनका लागि शशक्त कदम चाल्नुपर्ने बताएका थिए ।


    images
    images

    Logo