images
images

पशुपति धर्मशालामा छापामार शैलीमा सिल गर्ने मन्त्री आलेको योजना


  • 368
    SHARES
  • २०७८ चैत्र १६ गते बुधबार

    पशुपति धर्मशालामा छापामार शैलीमा सिल गर्ने मन्त्री आलेको योजना

    काठमाडौं । संस्कृतिपर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला बतास समूहबाट खोस्ने निर्णय गरेका छन । मन्त्रालयको उच्च स्रोतका अनुसार सोमबार बसेको पशुपति कोषको बैंठकले यस्तो निर्णय गरेको हो ।  

    यो निर्णयलाई विश्वस्त रुपले गोप्य राख्न निर्देशन दिएका थिए । सोतका अनुसार सोमबारको निर्णय बिहीबार मात्रै सार्वजनिक गर्ने योजनामा रहेको बताएका छन् । निणय पछि बुधबार बेलुकि मात्रै जिल्ला प्रसासन कार्यालयलाई सहयोगका लागि पत्र लेख्ने र बिहीबार १० बजे बतासलाई सम्झौता भङ्ग भएको भन्दै लिखित जानकारी दिने र त्यस लगत्तै मूल गेटमा ताला लगाएर सिल गर्ने योजना रहेको छ । त्यसरी तालालगाएर केहिसमय पछि सो धर्मशाला सञ्चालनको जिम्मा नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठानलाई दिने समेत उनको कार्य योजनामा रहेकोे छ । 

    पछिल्लो समय आफ्नै पार्टीको शीर्ष नेतृत्वले आफूमाथि वक्र दृष्टि लगाएको महसुस गरेका आलेले चुनावको मुखमा आफूलाई चर्चाको केन्द्रमा राख्न यस्तो निर्णय गराएको सो निर्णय प्रक्रियामा समेत सहभागीभएका एक जिम्मेवार पदाधिकारीले बताए । आफूहरूले अदालतमा विचाराधीन विषयमा यसरी निर्णय गर्नु कानुनी रूपमा समेत नाजायज ठहर्ने भन्दै तर्क राखेको तर मन्त्रीले भने दबाब दिएर सम्झौता भङ्ग गर्ने र धर्मशालामा सिल गर्ने आफ्नो योजनालाई नबिगार्न मन्त्री आलेले भनेका थिए । 

    एक प्रतिष्ठित व्यापारीले भने, ’शायद सरकारसँग विभिन्न सम्झौता गरेर व्यापार व्यवसाय गरिरहेका सबैलाई तर्साएर चुनाव खर्च उठाउन खोजेका होलान्। तर, यसले समग्र निजी क्षेत्रको नै मनोबल गिराएको छ।’

    यसरी एउटा सरकारले विधि सम्मत ढगले ठेक्का लगाउने, भाडामा दिने अनिअर्को सरकारको कुनै मन्त्रीले लहडको भरमा सम्झौतातोड्ने हो भने निजि–सरकारी सहकार्यमा अब उप्रान्तकुनै पनि परियोजना अघि नबढ्ने समेत उनले बताए। उनले प्रश्नगर्दै थपे, ’मुद्दा अदालतमाविचाराधीन छ । यस्तोमा सम्झौता तोड्नु हुन्छ रुमानौँ, भोलि बतासलाई ३० औँ करोड क्षतिपूर्ति दिनु भन्ने आदेश आयो भने त्यो कसले तिर्ने ? सरकारले कि मन्त्री आलेले ?’


    images
    images

    Logo