images
images

खेलकुद विकास समिति भक्तपुरले थाल्यो कार्यालय निर्माणको पहल

५ रोपनी जग्गा दिन चाँगुनारायण नगरपालिका तयार


  • 780
    SHARES
  • २०७८ चैत्र १६ गते बुधबार

    खेलकुद विकास समिति भक्तपुरले थाल्यो कार्यालय निर्माणको पहल

    भक्तपुर । भक्तपुर जिल्ला खेलकुद विकास समितिले कार्यालय निर्माणको लागि पहल थालेको छ । लामो समयदेखि भाडामा सञ्चालन हुँदै आएको कार्यालयको आफ्नै व्यवस्थित कार्यालय सञ्चालनक लागि भवन निर्माणको पहल सुरु गरिएको हो । 

    भवन निर्माणका लागि समितिले चाँगुनारायण नगरपालिकासँग ५ रोपनी जग्गा उपलब्ध गराउन माग गरेको छ । अहिले नगरपालिकाको नाममा रहेको बाँसबारी स्थित साझा सुविधामसँगैको जग्गा खेलकुद विकास समितिको नाममा दर्ता गर्न अनुरोध गर्दै समितिका कार्यालका प्रमुख दुर्गाप्रसाद दुलालले मेयर मिश्रलाई पत्र बुझाएका छन् ।

    समितिका निवर्तमान अध्यक्ष श्रीभक्त कासीछवाले पहलमा गरिएको उक्त अनुरोधमा मेयर सकारात्मक छन् । उक्त जग्गा समितिले माग गरेको जग्गा चाँगुनारायण नगरपालिका छेउ नगरकोट जाने मुख्य सडकमा रहेको छ । उक्त जग्गा कार्यपालिकाबाट पास गरेर समितिको नाममा गरिदिने बचत मेयरबाट प्राप्त भएको निवर्तमान अध्यक्ष कासीछवाले जानकारी दिए । 

    त्यस्तै, भक्तपुर नगरपालिका वडा नम्बर ७ मा रहेको भंगेरीडाँडाको १३५ रोपनी जग्गामा बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रगंशाला समेत निर्माण हुने भएको छ । उक्त रंगशालाको लागि प्रदेश संसद प्रतिमा श्रेष्ठले निर्वाचन क्षेत्र विकास कोषबाट ३५ लाख सहयोग उपलव्ध गराउनु भएको छ । सो रंगशालाका लागि चाँगुनारायण नगरपमलिकाबाट ५६ लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ । 

    उक्त खेल मैदानको ८० हजार स्क्वायर फिट माटो सम्याउन थप ४० लाख रुपैयाँ सहयोग उपलब्ध गराउन समेत चाँगुनारायण नगरपालिका दिने सहमत भएको कासीछवाको भनाइ छ । 


    images
    images

    Logo