भन्सार एजेन्टको परीक्षाका सम्बन्धमा दिइएको अन्तरकालीन आदेश खारेज
417
SHARES
२०७८ चैत्र १५ गते मंगलबार
काठमाडौं । उच्च अदालत पाटनले भन्सार एजेन्टको परीक्षाका सम्बन्धमा यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको छ । न्यायाधीशहरु श्रीमणक कुमार गौतम र महेन्द्रनारायण उपाध्यायको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।
भन्सार विभागले फागुन २८ गतेका लागि भन्सार एजेन्टको परीक्षाको मिति तोकेकोमा फागुन २६ गते अदालतले निर्धारित परीक्षा स्थगित गर्न आदेश दिएको थियो ।