images
images

आयल निगमले भन्यो, ‘सवारीसाधनमा जोरबिजोर लगाउनुपर्छ’


  • 667
    SHARES
  • २०७८ चैत्र १५ गते मंगलबार

    आयल निगमले भन्यो, ‘सवारीसाधनमा जोरबिजोर लगाउनुपर्छ’

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात कमगर्न सवारी साधनमा जोररबिजोर प्रणाली कायम गर्न सुझाव दिएको छ । पेट्रोलियम पदार्थको मूल्य तथा खपत व्यवस्थापनका सम्बन्धमा निगमले तयार पारेको सुझावमा यस्तो व्यवस्था गर्न माग गरिएको हो । 

    निगमले यसका लागि सरकारलाई १० बुँदे सुझाव प्रस्ताव गरेको छ । सुझावको बुँदा नम्बर ४ मा भनिएको छ, ‘पेट्रोलियम पदार्थहरुमध्ये पेट्रोल र डिजेलको खपत कटौती गर्न संवेदनशील क्षेत्र वा निकाय बाहेकका निजी तथा सरकारी सवारी साधनहरु जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने’ । 

    निगमले शनिबार र आइतबार २ दिन बिदा दिन समेत सुझाएको छ । 


    images
    images

    Logo