images
images

काठमाडौं नागढुङ्गाबाट लागू औषधसहित १ पक्राउ


  • 462
    SHARES
  • २०७८ चैत्र १५ गते मंगलबार

    काठमाडौं नागढुङ्गाबाट लागू औषधसहित १ पक्राउ

    काठमाडौं । काठमाडौं नागढुङ्गाबाट लागूऔषधसहित १ युवक पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४ सय ६५ ट्याब्लेट सहित सिन्धुली कुसेश्वर बस्ने प्रयास श्रेष्ठलाई प्रहरीले पक्रउ गरेको हो । 

    श्रेष्ठलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । महोत्तरी जलेश्वरदेखि काठमाडौंतर्फ आउँदै गरेको  बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार श्रेष्ठलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

    श्रेष्ठ उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान
    भइरहेको छ ।


    images
    images

    Logo