काठमाडौं । इटहरीमा बम विस्फोट हुँदा २ जना युवा घाइते भएका छन् । सोमबार राति इटहरी उपमहानगरपालिका( २ को नवजागृति टोलको एक घरमा बम विष्फोट भएको हो ।
त्यसरी बम पड्केर भाइते हुनेमा रविन थापा र लमजुङका शेरजंग गुरुङ रहेका छन् । थापाको विराटनगरस्थित आँखा अस्पतालमा उपचार भइरहेको छ भने गुरूङको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
बम पड्केको थापाको घरमा हिमाल सुरक्षा परिषद् नेपालको पर्चा बरामद भएको प्रहरीले बताएको छ । परिषद्ले हिन्दु राष्ट्रको माग गर्दै फागुन १५ गतेबाट सशस्त्र संघर्षको घोषणा गरेको थियो ।