images
images

गुण्डूमा जनप्रतिनिधिको पाँच वर्ष नामक पुस्तक लोकार्पण 


  • 901
    SHARES
  • २०७८ चैत्र १४ गते सोमबार

    गुण्डूमा जनप्रतिनिधिको पाँच वर्ष नामक पुस्तक लोकार्पण 

    भक्तपुर । सूर्यविनायक नगरपालिका ७ नं वडा गुण्डूमा जनप्रतिनिधिको पाँच वर्ष नामक सचित्र पुस्तक लोकार्पण भएको छ। 

    नेकपा एमालेका पोलिटब्युरो सदस्य,पूर्वमन्त्री,प्रतिनिधि सभा सदस्य महेश  बस्नेतको प्रमुख आतिथ्यतामा सो पुस्तक सार्वजनिक गरिएको हो । पुस्तकमा २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेदेखि हालसम्म वडामा भएका मुख्य विकास निर्माणको समग्र गतिविधि समेटिएको छ । 

    कार्यक्रममा बोल्दै बस्नेतले सुर्यविनायक नगरका सबै वडामा पाँच बर्षमा एक(एक अरब रुपैयाँ भन्दा बढी रकम विकास निर्माणमा खर्च भएको बताए । पहिले गुण्डुका बासिन्दा भन्दा अन्यत्रका बासिन्दाले हेप्ने गरेका उदाहरण प्रस्तुत गर्दै बस्नेतले पछिल्ला पाँच बर्षमा भएका विकासले  अहिले गुण्डु विकासको नमुना भएको बताए ।

    सुर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेब थापाले विगत २० बर्षमा हुन नसकेको काम पाँच बर्षमा भएको बताउँदै नगरपालिका विकासको नमुना बन्नुमा तीनै तहका जनप्रतिनिधि र स्थानीय वासिन्दाको साथ र सहयोगले महत्त्वपूर्ण भुमिका रहेको बताए ।

    वडा अध्यक्ष रविन्द्र सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बगमती प्रदेश सभा सदस्य  शशिजंग थापा,जिसस उपप्रमुख सरिता कुवर, वडा सदस्य अर्जुन खतिवडाले गुण्डुको विकास हेर्न उपत्यकाका विभिन्न स्थानबाट स्थानीयहरू आउने गरेको बताए । 

    साथै कार्यक्रममा वडा अध्यक्ष किरण थापा,सूर्यविनायक नगरपालिकाका कार्यकारी प्रमुख राजेन्द्र कणेल, सूर्यविनायक नगरपालिका ७ का वडा सदस्यहरु कृष्णजीत माकजु,लक्ष्मी परियार र कार्यपालिका  सदस्यहरु गीता देउजा,कमला पोखरेल,भागिरथा सिटौला लगायतको उपस्थित रहेको थियो ।


    images
    images

    Logo