काठमाडौं । एकीकृत आईसीटी नीतिका लागि ४ कम्पनी सर्टलिस्ट परेका छन् । सरकारले ब्रोर्डव्याण्ड नीति र आईसीटी नीतिलाई गाभेर एकीकृत नीति बनाउने भएको छ । यसका लागि मस्यौदा बनाउनको लागि चार कम्पनीलाई छनोट गरेको हो ।
यसका लागि छनोटमा पर्ने कम्पनीमा ग्रिन टिक नेपाल, उपदेभ टेक्नोलोजी, इन्क्लुसिभ एभरेष्ट जेभी र महारुद्र ग्रुप रहेका छन् । यस अघि कम्पनीले पुस १८ गते आइतबार सार्वजनिक सुचना जारी गर्दे मस्यौदा तयार पर्ने परार्मशदाता माग गरेको थियो । यसका आधारमा पहिलो चरणमा ४ कम्पनीलाई आर्थिक तथा प्राविधिक अध्ययनको पछि कुनै एक कम्पनीलाई छनोट गर्न बताइएको छ ।