काठमाडौं । बुद्ध नगर एग्रो कम्पनीले आईपीओ जारी गर्ने भएको छ । यस कम्पनीको बिक्री प्रबन्धक लागि एन आई सी एसिया क्यापिटल नियुक्त गर्नका भएको छ । कम्पनीले अंकित १ सयका दरले ५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
यस कम्पनीले जारी गर्न लागेको सबसाधारणहरुलाई साधारण शेयर सार्वजनिक निष्कासन गर्नको लागि श्री एन आई सी एशिया क्यापिटल लिमिटेड र बुद्धनगर एग्रो फार्म लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । आईपीओ जारी गर्ने एग्रो फार्म कम्पनी नेपालको हकमा पहिलो कम्पनी रहेको छ ।



