images
images

चापागाउँमा १ करोड २० लाखको लगानीमा  स्किन एण्ड आस्थेटिक सेन्टर खुल्यो


  • 523
    SHARES
  • २०७८ चैत्र १४ गते सोमबार

    चापागाउँमा १ करोड २० लाखको लगानीमा  स्किन एण्ड आस्थेटिक सेन्टर खुल्यो

    काठमाडौं । ललितपुरको सातदोबाटो स्थित चापागाउँ दोबाटो भाटभटेनी अपोजिटमा १ करोड २० लाखको लगानीमा अन्तर्राष्ट्रिय स्तरको नेशनल स्किन केयर एण्ड आस्थेटिक सेन्टर खुलेको छ । सो सेन्टर नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले रिबन काटेर सुरुवात गरेका थिए । 

    उद्घाटन कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका सदस्य डा. बिक्रान्त ढकाल, छाला तथा यौन सौन्दर्य रोग विशेषज्ञ डा. रुप्रेरणा जोशी, डा. रजनी अग्रवाल, सत्भिक हेल्थ केयर प्राली म्यानेजिङ डाइरेक्टर विसु खाती र युवा व्यवसायी तथा व्युटिसियन रोजिना केसी लगायतहरुको उपस्थित रहेको सेन्टरका सञ्चालक सन्तोष बोगटीले जानकारी दिए । 

    सेन्टरले पोतो, डन्डिफोर, यौन रोग, कोठी, मुसा, एलर्जी, चाउरी पर्ने, नङ सम्बन्धि सम्पूर्ण रोग, कपाल सम्बन्धि सम्पूर्ण रोग, दाद, कत्लेरोग र लेजर सेवा तथा सम्पूर्ण छाला यौन सम्बन्धी रोगहरुको सेवा दिने उदेश्यले खोलिएको सञ्चालक अशेस बोगटीले बताए। 

    त्यस्तैगरी चैत र बैशाख महिनाभरी उद्घाटनको अवसरमा ओपिडी तथा अन्य सेवाहरुमा २० प्रतिशत पनि छुटको व्यवस्था रहेको बोकटीले बताए। उक्त सेन्टर बिहान ९ बजे देखि साँझ ७ बजे सम्म खुल्नेछ।


    images
    images

    Logo