काठमाडौं । नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी नायव निरीक्षक (सई) बढुवाका लागि सिफारिसमा परेका छन् । प्रहरी प्रधान कार्यालयको बढुवा समितिले नयाँ सिर्जित प्रहरी नायव निरीक्षक (एससई) मा बढुवाका लागि सिफारिस गरेको हो ।
प्रहरी प्रधान कार्यालय बढुवा समितिका अनुसार वरिष्ठ नायब निरीक्षकमा बढुवा गर्नुपर्ने १ हजार १ सय ७१ मध्ये दोस्रो सूचीमा शुक्रबार १ सय ७० जनाको बढुवा सिफारिस भएको थियो । यसअघि बिहीबार मात्रै १ सय ९१ जनाको बढुवा सिफारिस भएको थियो ।