काठमाडौं । गुडविल फाइनान्सकोे ९३ हजार ४ सय ८९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । यस शेयर शिलबन्दी बोलकबोलमार्फत बिक्री गर्ने भएको हो । बोलकबोलका लागि चैत २८ गतेसम्म आवेदन दिइसक्नु पर्ने फाइनान्सले जनाएको छ।
सेयर खरिद गर्न न्यूनतम २५ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ। फाइनान्सका अनुसार अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। सेयर खरिद गर्न इच्छुक जो कोहीले चैत २८ गते भित्र मुक्तिनाथ क्यापिटल कमलादीमा गोप्य शिलबन्दी आवेदन दिनुपर्ने फाइनान्सले जानकारीले दिएको छ।