images
images

ग्रीन भेञ्चर्सको आईपीओ भर्ने आज अन्तिम दिन, कति जनाले पाउँछन् यो आईपीओ ?


  • 471
    SHARES
  • २०७८ चैत्र ११ गते शुक्रबार

    ग्रीन भेञ्चर्सको आईपीओ भर्ने आज अन्तिम दिन, कति जनाले पाउँछन् यो आईपीओ ?

    काठमाडौं । ग्रीन भेञ्चर्सको आईपीओ  भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा आज साँझ ५ बजेसम्म आवेदन दिन सकिन्छ ।

    चैत ८ गतेदेखि ३१ लाख २५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि खुला गरेको थियो । उक्त शेयरमध्ये  ९३ हजार ७ सय ५० कित्ता शेयर कर्मचारीका लागि र १ लाख ५६ हजार कित्ता शेयर सामुहिक लागानी कोषको लागि  छुट्याएको छ । र बाँकी २८ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणको लागि वितरण गर्न लागिएको छ ।

    संस्थाका कर्मचारी र सामुहिक लगानी कोषका बाहेक यो शेयर ३ लाख १२ हजार ५ सय जनालाई वितरण गर्न पर्याप्त हुन्छ  उक्त आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ।

    इच्छुक आवेदकले डिम्याट खातासँग लिङ्क भएका बैंक खातामार्फत् सीआश्वा प्रणालीबाट शेयरका लागि आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ । 

    सो कम्पनीको प्रतिमेगावाट लागत मूल्य २३ करोड रुपैयाँ अनुमान गरिएको छ । यसको पेब्याक पिरियड ७.९१ वर्ष र डिस्काउन्टेड पेब्याक पिरियड ११.५७ वर्ष रहेको छ ।


    images
    images

    Logo