images
images

आज राती १२ बजेदेखि कुनै पनि उद्योगमा लोडसेडिङ हुँदैन : कुलमान


  • 470
    SHARES
  • २०७८ चैत्र १० गते बिहीबार

    आज राती १२ बजेदेखि कुनै पनि उद्योगमा लोडसेडिङ हुँदैन : कुलमान

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देक कुलमान घिसिङले आज राती १२ बजेदेखि कुनै पनि उद्योगमा लोडसेडिङ नअुने बताएका छन् । बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै  घिसिङले सो जानकारी गराएका हुन् । 

    आज रातिदेखि विद्युत प्राधिकरणले भारतबाट प्रतियुनिट भारु २० रुपैयाँमा विद्युत किन्ने भएको छ । सो बिजुली नेपाल आउँदा ३८ रुपैयाँ पर्ने भएको छ । महंगाे मूल्यमा बिजुली किन्दा  डेढ महिनामा थप ८ अर्ब नाेकेसान हुने घिसिङले बताए । 

    लामो समयसम्म महँगो मूल्यमा बिजुली खरिद गरेर बजारमा वितरण गर्न नसक्ने बताए । भारतबाट बिजुली कसरी ल्याउने भन्ने विषयमा पनि छलफल चलेको कुलमानले बताए । महँगो मूल्यमा बिजुली खरिद गरेर वितरण गर्दा प्राधिकरणलाई दैनिक २२ करोड रुपैयाँसम्म नोक्सान हुने घिसिङले जानकारी दिए।


    images
    images

    Logo