images
images

यी हुन् भोलिदेखि राष्ट्रियसभामा प्रवेश गर्ने १९ सांसद


  • 448
    SHARES
  • २०७८ फाल्गुण २० गते शुक्रबार

    यी हुन् भोलिदेखि राष्ट्रियसभामा प्रवेश गर्ने १९ सांसद

    काठमाडौं । राष्ट्रिय सभाको २० जना सदस्यको पदावधि आजदेखि सकिएको छ । निर्वाचित १९ जना र राष्ट्रपतिबाट सरकारको सिफारिसमा १ जना गरि २० जनाको ४ वर्षे कार्यकाल आजबाट सकिएको हो । स्थायी सभाका रुपमा रहने यस सभाको भोलिदेखि रिक्त हुने सदस्यका लागि माघ १२ गते निर्वाचन भइसकेको छ ।

    नबनिर्वाचित नयाँ १९ जना सदस्य शनिबार बिहान ११ बजे सिंहदरबारस्थित कानुन न्याय तथा मानवअधिकार समितिको कार्यालयमा शपथ ग्रहण गराउने कार्यक्रम छ । नेपाली काँग्रेसबाट ६ जना, नेकपा माओवादी केन्द्रबाट ५ जना, नेकपा एकीकृत समाजवादीबाट ५, नेकपा एमालेबाट १ जना, जसपाबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जना गरेर १९ जना निर्वाचन भएका थिए ।

    यी हुन् भोलिदेखि राष्ट्रिय सभामा प्रवेश गर्ने १९ सांसद

    प्रदेश १

    जयन्ती राई — नेकपा एकीकृत समाजवादी
    गोपाल बस्नेत — नेपाली कांग्रेस
    सोनाम ग्याल्जेन शेर्पा — नेकपा एमाले

    मधेश प्रदेश

    उर्मिला अर्याल — नेकपा माओवादी केन्द्र
    खालिद सिद्धिकी — जनता समाजवादी पार्टी 

    बागमती प्रदेश

    कृष्णप्रसाद पौडेल — नेपाली कांग्रेस
    गोमा तिमल्सिना — नेकपा एकीकृत समाजवादी

    गण्डकी प्रदेश

    कमला पन्त — नेपाली कांग्रेस
    भुवन सुनार — माओवादी केन्द्र
    सुरेश आलेमगर — माओवादी केन्द्र

    लुम्बिनी प्रदेश 

    युवराज शर्मा — नेपाली कांग्रेस
    राजेन्द्रलक्ष्मी गैरे — नेकपा एकीकृत समाजवादी 
    तुलप्रसाद विश्वकर्मा — राष्ट्रिय जनमोर्चा

    कर्णाली प्रदेश

    दुर्गाकुमारी गुरुङ — नेपाली कांग्रेस
    नरबहादुर विष्ट — माओवादी केन्द्र
    उदय बोहरा — नेकपा एकीकृत समाजवादी

    सुदूरपश्चिम 

    नारायण दत्त मिश्र — नेपाली काँग्रेस
    मदन कुमारी शाह — एकीकृत समाजवादी
    जगत पार्की — नेकपा माओवादी केन्द्र


    images
    images

    Logo