काठमाडौं । हवाइ इन्धनको मूल्य एकैपटक २० रुपैयाँले बढेको छ । नेपाल आयल निगमले आन्तरिक उडानमा प्रयोग हुने हवाइ इन्धनलाई प्रतिलिटर २० रुपैयाँले बढाएर १ सय ३६ रुपैयाँ पुर्याएको हो ।
उता अन्तराष्ट्रिय उडानमा प्रयोग हुने हवाइ इन्धनको मूल्य एकैपटक २ सय अमेरिकी डलरले बढाइएको छ । योसँगै यसको मूल्य १ हजार २ सय ५० अमेरिकी डलर पुगेको छ ।
हवाइ इन्धनको मूल्य एक्कासी बढेसँगै यसले हवाइ उडानको भाडादर वृद्धि हुने देखिएको छ । वायुसेवा सञ्चालकहरुले हवाइ भाडामा इन्धलाई ३५ प्रतिशतको भार दिएर मूल्य समायोजन गर्ने गरेका छन् ।