images
images

इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोल र डिजेलमा एकैपटक ५ रुपैयाँ मूल्यवृद्धि


  • 2.6K
    SHARES
  • २०७८ फाल्गुण १९ गते बिहीबार

    इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोल र डिजेलमा एकैपटक ५ रुपैयाँ  मूल्यवृद्धि

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगम सञ्चालक समितिले निर्णय गरी बिहीबार रातीदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ५/५ रुपैयाँले बढाएको हो ।

    नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १ सय ५० रुपैयाँ र डिजेलको मूल्य १ सय ३३ रुपैयाँ कायम भएको छ । डिजेलको मूल्यसँग एकरुपता कायम गर्न मट्टितेलको मूल्य डिजेलकै बराबर राख्ने गरिएको छ ।  उता आन्तरिक उडानमा प्रयोग हुने हवाइ इन्धन एकैपटक २० रुपैयाँले बढाएर १ सय ३६ रुपैयाँ पुर्याइएको छ । अन्तर्राष्ट्रिय हवाइ उडानमा खपत हुने हवाइ इन्धनको मूल्य प्रति किलोलिटर २ सय अमेरिकी डलरले बढाएर १ हजार २ सय ५० अमेरिकी डलर पुर्याइएको छ । 

    petrol.jpg
    २०७८ फागुन १९ गते समायोजन गरिएको पेट्रोलियम पदार्थको नयाँ मूल्य


    images
    images

    Logo