images
images

निर्वाचन गर्न आयोगलाई मागेको भन्दा एक तिहाइ कम बजेट


  • 597
    SHARES
  • २०७८ फाल्गुण १९ गते बिहीबार

    निर्वाचन गर्न आयोगलाई मागेको भन्दा एक तिहाइ कम बजेट

    काठमाडौं । बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई ८ अर्ब ११ करोड बजेट दिएको छ । आयोगले मन्त्रालयबाट सो बराबरको बजेट दिने सुनिश्चितता प्राप्त भएको जानकारी दिएको हो । 

    सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेपछि आयोगले निर्वाचन तयारीका लागि सरकारसँग १२ अर्ब रुपैयाँ बजेट माग गरेको थियो । अर्थ मन्त्रालयले आयोगले मागेभन्दा झन्डै एक तिहाइ रकम कटौती गरेर बजेट दिएको हो । अब आयोगले निर्वाचनका लागि आवश्यक सामानहरुको खरिद प्रक्रिया अघि बढाउनेछ । 

    आयोगले निर्वाचनमा भाग लिने राजनीतिक दलले नाम फागुन २६ गते भित्र प्रकाशन गर्ने जनाएको छ । अहिले ८० वटा राजनीतिक दलले निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गराएका छन् । ती नामहरुमाथि छानबिन भइरहेको आयोगले जनाएको छ । 

    आयोगले मतदाता नामावलीमा नाम भएका व्यक्तिहरुका हकमा नामावलीमा भएका त्रुटी सच्याउन निवेदन दिने, दोहोरो नामावली हटाउने कामहरु आगामी साता गर्ने जनाएको छ । 

    स्थानीय तह निर्वाचनका लागि जिल्ला जिल्लामा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नामावाली न्याय सेवा आयोगबाट प्राप्त भएको समेत आयोगले जनाएको छ । 


    images
    images

    Logo