images
images

समपुरक योजनाका लागि ४ करोड रुपैयाँ भुक्तानी दिने निर्णय


  • 408
    SHARES
  • २०७८ फाल्गुण १९ गते बिहीबार

    समपुरक योजनाका लागि ४ करोड रुपैयाँ भुक्तानी दिने निर्णय

    काठमाडौं । बागमती प्रदेश सरकारको मन्त्री परिषद्को बैठकले स्थानीय तहवाट कार्यान्वयन  भइरहेको अधुरा योजनाका लागि समपुरक योजना अनुरुप ४ करोड ६८ लाख ४५ हजार रुपैयाँ भुक्तानी दिने निर्णय गरेको छ ।

     बुधबार साँझ बसेको  बैठकले २५ गाउँपालिकामा  कोभिडका कारण प्रभावित भएका योजनाका लागि सो बजेट उपलव्ध गराउन लागेको प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले जानकारी दिए ।
     
    साथै बैठकले प्रदेश सरकारको सार्वजनिक खर्चको  मापदण्ड २०७८ समेत पारित गरी कार्यविधिसमेत बनाएको जनाएको छ । सबै मन्त्रालयमा  खर्चमा एकरुपता होस् र प्रभावकारी होस् भन्ने उद्देश्यले कार्यविधि निर्माण गरिएको  उनले जानकारी दिए ।

    यसैगरी बैठकले प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत भइरहेको कामलाई अख्तियारी दिने पनि निर्णय भएको बताइएको छ ।


    images
    images

    Logo