काठमाडौं । कच्चा तेलको मूल्य ११६.२० अमेरिकी डलर प्रतिब्यारेल पुगेको छ । रुस र युक्रेनबीचको तनावका बीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि भएको हो ।
एक साताअघि कच्चा तेलको मूल्य प्रतिब्यारेल ९२ अमेरिकी डलरको आसपासमा बिक्री भइरहेको थियो भने आज एकै दिन कच्चा तेलको मूल्य ३.२७ प्रतिशतले उकालो लागेको हो ।
यस्तै, आज प्राकृतिक ग्यासको मुल्य प्रतिब्यारेल ४.८७ अमेरिकी डलरले बढेको छ । यसबोहक सबै प्रकारका कच्चा तेलको मूल्य बढेको छ ।