images
images

आयातमा कडाइ गरिएपछि बजारमा उपभोग्य वस्तुको अभाव


  • 734
    SHARES
  • २०७८ फाल्गुण १९ गते बिहीबार

    आयातमा कडाइ गरिएपछि बजारमा उपभोग्य वस्तुको अभाव

    काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यापारघाटा कम गर्न आयातमा कडाइ गर्ने नीति लिएपछि बजारमा उपभोग्य वस्तुको अभाव हुन थालेको छ । राष्ट्र बैंकले विदेशबाट सामान आयातमा कडाइ गर्दै गत पुस महिनादेखि ४७ किसिमका हर्मोनाइजेशन कोड अन्तर्गतका वस्तु आयातका लागि एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि बजारमा अत्यावश्यक वस्तुको अभाव हुन थालेको हो ।

    शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्थाका कारण जुत्ताचप्पल, लत्ताकपडा, फेन्सी सामान, दैनिक प्रयोगमा आउने कस्मेटिक सामग्री, साबुन, डिटरजेन्ट पाउडर, स्याम्पु, लिपगार्ड, बडीलोसन, खाद्यान्नमा सुप आइटम र पास्तालगायत सामग्रीको अभाव हुन थालेको सरोकारवालाहरूले बताएका छन् । 

    नेपाल चाइना व्यापार संघका महासचिव मुकुन्द पौडेलका अनुसार टीटी सिस्टमबाट व्यापारीहरूले सोझै विदेशी उत्पादनकर्ता कम्पनीसँग सामानको अर्डर गरी केही रकम बैंकिङ सिस्टमबाट अग्रिम भुक्तानी गरी यस्तो सामान मगाउन सकिन्थ्यो । 

    बाँकी रकम सामान प्राप्त भएपछि दिने चलन थियो । तर, अहिले एलसी खोल्दा नै बैंकलाई शतप्रतिशत भुक्तानी बुझाउनुपर्ने भएकाले सामान आयातमा समस्या भएको छ । आर्थिक अभियान दैनिकबाट


    images
    images

    Logo