काठमाडौं । नेपाल आयल निगमले आईओसीलाई तिर्ने पैसा नपुगेपछि सरकारसँग ४ अर्ब रुपैयाँ माग गरेको छ । बुधबार निगमले मूल्य स्थिरीकरण कोषबाट उक्त रकम दिनको लागि मन्त्रालयलाई पत्रचार गरेको हो ।
निगमले यस अघि पनि आईओसी लाई तिर्ने रकम अभाब भएपछि उक्त कोषबाट १ अर्ब ८० करोड रुपैयाँ लगिसकेको छ । अब फेरी ४ अर्बको लागि निगमले पत्राचार गरेको छ । आगामि मार्च ८ मा आईओसीलाई २५ अर्ब रुपैयाँ तिर्नुपर्ने रकम अभाब भएपछि निगमले उक्त रकम सरकारसँग माग गरेको हो ।
मंगलबार आईओसीले नयाँ मूल्य कायम गरेपछि निगमलाई थप ३ अर्ब ९ करोड रुपैयाँको भार थपिएको छ । मार्च ८ र २३ गरि आईओसीलाई झण्डै २५ अर्ब रुपैयाँ बुझाउनुपर्ने भएको छ । यस अघि नै ४ सय ६५ रुपैयाँ प्रतिसिलिण्डर घाटा रहेको एलपी ग्याँसमा थप १ सय रुपैयाँ घाटा थपिएको निगमले जनाएको छ । यस्तै पेट्रोलमा २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा १६ रुपैयाँ घाटा भएको निगमले जनाएको छ ।



