images
images

तेस्रो हाइड्रो एक्स्पो चैत तेस्रो साता हुने


  • 434
    SHARES
  • २०७८ फाल्गुण १८ गते बुधबार

    तेस्रो हाइड्रो एक्स्पो चैत तेस्रो साता हुने

    काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) ले चैत तेस्रो साता तेस्रो हिमालयन हाइड्रो एक्स्पो सञ्चालन गर्ने भएको छ । इपानले बुधबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । संघका अनुसार उक्त एक्स्पो चैत १८ गतेदेखि २० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । 

    स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इपान र एक्सपो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा आयोजना गर्ने उक्त सम्मेलनमा भारतीय राजदुतावासको समन्वय तथा बेलायत र क्यानडियन दुतावासको सहयोगमा आयोजना गर्न लागिएको जनाइएको छ । यसले नेपालको जलविद्युत्को व्यापारमा सहयोग पुग्ने इपानको विश्वास छ । 

    नेपाल जलविद्युत् उत्पादनमा आत्मनिर्भर भइ निर्यात गर्ने चरणमा पुगेको बेला हुन लागेको यो एक्स्पोले जलविद्युतको बजारको प्रवद्र्धन गर्ने, आन्तरिक खपत बढाउने तथा हाइड्रो क्षेत्रको सरोकार तथा ज्ञान आदानप्रदानको लागि समेत महत्वपूर्ण रहेको आयोजकको भनाइ छ ।

    उक्त एक्सपोमा १०० भन्दा बढी स्टल रहने छन्। जसमा जलविद्युत प्रवद्र्धक, उत्पादक, इक्विपमेन्ट सप्लायर्स, टर्वाइन उत्पादक, लगानीकर्ता, बैंक, बीमा लगायतको जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धी स्वदेशी तथा विदेशी कम्पनीका विविध स्टल रहनेछन् । स एक्सपोमा रहने छन्। 


    images
    images

    Logo