काठमाडौं । सुनको मुल्य लगातार वृद्धि भएको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
मंगलबार सुनको मुल्य ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य १९ सय रुपैयाले बढेर आज ९९ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य ९९ हजार रुपैयाँमा कारोवार भएको छ । चाँदीको मुल्यमा ४० रुपैयाँले बढेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



