काठमाडौं । नेपालका दुई शक्तिशाली छिमेकी देश भारत र चीनको विपक्षमा गएर नेपालले युक्रेनलाई साथ दिएको छ । संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद् सोमबार भएको मतदानमा नेपालले युक्रेनलाई समर्थन गरेका हो ।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि परिषद्ले सोमबार युक्रेनमा मानवअधिकारको अवस्थाबारे छलफल गर्न हिजो आत्पतकालिन बैठक बोलाएको थियो । उक्त बैठकमा परिषद्का ४७ सदस्यमध्ये २९ राष्ट्र युक्रेनको पक्षमा खुलेका थिए । ५ राष्ट्र रुसको पक्षमा खुलेका थिए भने १३ राष्ट्र तटस्थ बसेका थिए ।
त्यसमध्ये नेपाल युक्रेनको पक्षमा खुलेको छ । नेपालका दुई शक्तिशाली छिमेकीमध्ये भारत कुनै पनि देशको पक्षमा नखुली तटस्थ बसेको छ भने चीनले रुसको पक्षमा मतदान गरेको छ ।
युक्रेनको पक्ष रहेका देशहरुः
नेपाल, अर्जेन्टिना, बेनिन, बोलिभिया, ब्राजिल, आइभेरीकोस्ट, फिनल्याण्ड, फान्स, जर्मनी, गाम्बिया, होन्डुरस, जापान, इन्डोसिया, लिथुवानिया, लिबिया, लक्जेम्बेर्ग, मलावी, मलेसिया, बेलायत, अमेरिका, पाराग्बे, कतार दक्षिण कोरिया, नेदरल्याण्ड, मेम्सिको, मार्सेल आइल्याण्ड, मोन्टेनिग्रो र युक्रेन
रुसको पक्षमा रहेका देशहरुः
चीन, क्युबा, इरिट्रिया, रुस र भेनेजुयला
तटस्थ रहेका देशहरु :
अर्मेनिया, क्यामरुन, गाबोन, भारत, कजाकास्तान, मौरिटनिया, नामिबिया, पाकिस्तान, सेनेगल, सोमालिया, सुडान, युनाइटेड अरब इमिरेट्स र उज्वेकिस्तान



