images
images

निर्वाचनका लागि न्याय परिषद्ले गर्यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको सिफारिस


  • 634
    SHARES
  • २०७८ फाल्गुण १७ गते मंगलबार

    निर्वाचनका लागि न्याय परिषद्ले गर्यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको सिफारिस

    काठमाडौं । न्याय परिषद्ले स्थानीय निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको सिफारिस गरेको छ । परिषद्को सोमबार बसेको बैठकले ४ सय ६७ जनालाई निर्वाचनमा खटाउन सिफारिस गरेको हो । परिषद्का अध्यक्ष कामु प्रधानन्याधीश दीपककुमारको अध्यक्षतामा सदस्यहरु कानुनमन्त्री दीलेन्द्रप्रसाद बडु, न्यायाधीश मीरा खड्का, सदस्यहरु रामप्रसाद भण्डारी र रामप्रसाद श्रेष्ठको उपस्थितिमा बसेको परिषद्को त्यस्तो सिफारिस गरेको हो । 

    निर्वाचनका लागि जिल्ला अदालतका पहिलो वरियताका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको रुपमा तोकिने परम्परा छ । सोही अनुसार न्यायपरिषद्ले ७७ वटै जिल्लामा एक नम्बर न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको रुपमा तोकेको छ । कुनै कारणवश त्यस्ता अधिकृतले काम गर्न नसक्ने अवस्थाका लागि थप २५ जना मुख्य निर्वाचन अधिकृतको जगेडा गरिएको छ ।

    त्यस्तै, निर्वाचन अधिकृतको लागि न्याय कानुन र सरकारी वकिल समुहबाट ३ सय ७५ जनाको नामलाई निर्वाचन आयोगलाई सिफारिस गरेको छ । जसमध्ये परिषद्को न्याय समुहबाट १ सय ७१ जना, कानुन समूहबाट ४९ जना र सरकारी वकिल समुहबाट १ सय ४७ जना सिफारिस छन् । परिषद्ले गरेको सिफारिस अनुसार निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरी नावावली प्रकाशन गर्नेछ । 

    स्थानीय तहको निर्वाचन यही बैशाख ३० गते हुँदैछ । 

     


    images
    images

    Logo