काठमाडौं । वैशाख ३० गते हुने चुनावको लागि १ लाख १८ हजार म्यादी प्रहरी भर्ना गरिने भएको छ । प्रहरी प्रधान कार्यालयले स्थानीय चुनाव सुरक्षाकोे लागि उक्त संख्यामा म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको हो ।
म्यादी प्रहरीको कार्यावधि भने घटाउने निर्णय गरिएको छ । विगतमा म्यादी प्रहरीको अवधि समय दुई महिनाको हुन्थ्यो । तर यसपटक सो समयलाइ घटाएर ४० दिनमा सीमित गर्न लागिएको छ । म्यादी प्रहरीमा भर्ना हुन आउने जवानहरुका लागि ७ देखि १० दिनको तालिम प्रदान गरिनेछ ।
म्यादी प्रहरीको समयावधि घटाएपछि तलब सुविधा पनि सोही अनुसार घट्नेछ । प्रहरी जवानलाई २४ हजार तलब, ५ हजार पोसाक खर्च उपलब्ध गराइनेछ । साथै कार्यावधिभित्रको खाजा खर्च समेत सरकारले नै ब्यहोर्नेछ ।
विगतमा म्यादी प्रहरीलाई २ महिनाको तलब सुविधासहित बिदा गर्ने गरेको थियो । यस पटक १ महिना १० दिनमै बिदाई गर्ने तयारी गरिएको छ ।



