काठमाडौं । आज बन्दकर्ताले दुध गाडीमाथि गरेको तोडफोडमा नेपाल डेरी एसोसिएसनले आपत्ति जनाएका छन् । बन्दकर्ताले डेरिको जुन क्षतिपूर्ति दिनको लागि नेपाल डेरी एसोसिएसनका महासचिब प्रल्हाद दाहालले आज एक प्रेस विज्ञप्ति जारी गरेका हुन् ।
आजको प्रेस विज्ञप्ति दाहालले भने दुग्ध क्षेत्र अति आवश्यक वस्तुको सुचीमा पर्ने भएकाले बन्द, हड्ताल, कोभिड वा अरु जनुसुकै कुरामा भएपनि बिना रोकतोक भइरहेको थियो तर यसपटकमा दुध गाडी तोडफोड भएकोले नेपाल डेरी एसोसिएसनले अरु कुनैपनि बेलामा यस्तो नहोस भनेर यो एउटा विज्ञप्ति जारी गरेका हो ।



