images
images

अबदेखि विदेश जाने श्रमिकको पीसीआर परीक्षण नि:शुल्क


  • 344
    SHARES
  • २०७८ फाल्गुण १५ गते आइतबार

    अबदेखि विदेश जाने श्रमिकको पीसीआर परीक्षण नि:शुल्क

    काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको कोरोना भाइरसको पीसीआर परीक्षण नि:शुल्क गर्ने भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रबारबाट नि:शुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो । यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ सय रुपैयाँ शुल्क लाग्थ्यो । 

    अबदेखि सरकारी अन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको पीसीआर परीक्षण नि:शुल्क हुनेछ । 

    पीसीआर परीक्षण नि:शुल्क गर्न वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात पेश गर्नुपर्नेछ । यसअघि सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोपको व्यवस्थापन गरेको थियो ।

    श्रमिकको नि:शुल्क पीसीआरका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेका थिए । अन्नपुर्ण पोष्ट दैनिकबाट


    images
    images

    Logo