images
images

सप्तकोशी बैंक सीईओसहित तीनजना पूर्पक्षका लागि जेल चलान


  • 526
    SHARES
  • २०७८ फाल्गुण १३ गते शुक्रबार

    सप्तकोशी बैंक सीईओसहित तीनजना पूर्पक्षका लागि जेल चलान

    काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओसहित पूर्पक्षका लागि जेल चलानको आदेश दिएको छ ।  सप्तकोशी बैंकबाट सुवेदीको योजनामा १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ अपचलन गरेको आरोप बैंकका तत्कालीन सीईओ नविन सुवेदीसहित ३ जना कर्मचारीलाई उच्च अदालत विराटनगरले कारागार चलानको आदेश दिएको हो ।

    अदालतका सूचना अधिकारी ओम सुवेदीका अनुसार मुख्यन्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश मुरारीबावु श्रेष्ठको संयुक्त वाणिज्य इजलासले शुक्रबार सुवेदीसहित बैंकका लेखा प्रमुख देवीप्रसाद भण्डारी र बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराईलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएका छ भने बैंकका अपरेसन प्रमुख अमित थापामगरलाई २ लाख रुपैयाँ धरौटीमा छोडने आदेश दिएको छ । 

     


    images
    images

    Logo