काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा कर्मचारीको माग गरेको छ । प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै विभिन्न रिक्त रहेको पदमा पदपुर्तिका लागि कर्मचारी माग गरेको हो ।
प्राधिकरणले १०औं तअको उपनिर्देशक देखि चौथो तहको सहायक पदसम्मका लागि कर्मचारी माग गरेको छ ।
उक्त विज्ञापनमा एसईईदेखि स्नातकोत्तर उतीर्ण गरेकाले आवेदन दिन सक्नेछन् । इच्छुक नागरिकले चैत ३ गतेसम्मका आवेदन दिइसक्नुपर्ने क्यानले जनाएको छ ।
