images
images

कर्पोरेट डेभलपमेन्ट बैंकको १५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन


  • 584
    SHARES
  • २०७८ फाल्गुण १३ गते शुक्रबार

    कर्पोरेट डेभलपमेन्ट बैंकको १५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । सो बैंकले १:१।५ अनुपातमा हकप्रद जारी गरेको हो ।

    बैंकले १ सय रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता हकप्रद शेयरका लागि माघ ७ गतेबाट आवेदन खुल्ला गरेको थियो । सो हकप्रद बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

    गत पुष २६ गते बैंकले हकप्रद शेयरका लागि शेयरधनी किताब खाता बन्द गरेको थियो । तसर्थ पुष २५ गतेसम्म कायम  रहेका सेयरधनीहरुमात्र यो हकप्रदमा आवेदन दिन पाउनेछन् ।

    यो हकप्रदमा सेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।


    images
    images

    Logo