काठमाडौं । नेपाल राष्ट्र बैंकले ओईसीडी सप्ताहमा वित्तीय साक्षरताका कार्यक्रम गर्न निर्देशन दिएको छ । बिहिबार सुचना जारी गर्दै राष्ट्र बैंकले सो निर्देशन दिएको हो ।
राष्ट्र बैंकले इजाजतप्राप्त क, ख, ग र घ बर्गका सबै बैंक तथा वित्तीय संस्थाहरुलाई वित्तीय साक्षरता मार्गदर्शन २०७८ बमोजिम वित्तत्रीय साक्षरता सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ ।
ओईसीडी सप्ताह यही चैत ७ देखि १३ गतेसम्म हुनेछ । बैंक तथा वित्तीय संस्थाहरुले सो कार्यक्रम सम्पन्न गरेको ७ दिनभित्र राष्ट्र बैंकको कार्यलयमा बुझाउन राष्ट्र बैंकले अनुरोध समेत गरेको छ ।