images
images

ओलीलाई फेरि प्रधानमन्त्री बन्न प्रचण्डको प्रस्ताव


  • 673
    SHARES
  • २०७८ फाल्गुण १२ गते बिहीबार

    ओलीलाई फेरि प्रधानमन्त्री बन्न प्रचण्डको प्रस्ताव

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् । आज दिउँसो संसद सचिवालयमा भएको भेटमा उनले जनताले जनमत समेत ओलीलाई नै दिएको भन्दै फेरि प्रधानमन्त्री बन्न प्रस्ताव गरेका हुन् ।

    मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) मा सहमति नभएसँगै प्रचण्डले अहिलेको सरकार गठबन्धनको साथ छोडेर फेरि ओलीसँग मिल्न तयार भएका हुन् । 

    उता एमाले भने काँग्रेससँग प्रदेश सरकारमा साझेदारीको कसरत गरिरहेको छ । एमसीसीमा समर्थन जनाएर गठबन्धन भत्काउने रणनीति अन्तर्गत काँग्रेसलाई बाहिरबाटै समर्थन गरिदिएर केन्द्रमा एकल सरकार चलाउन दिने र प्रदेशमा आफ्नो सरकार लिनेगरी योजना एमालेले बनाएको हो । 

    दिउँसो संसद सचिवालयमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भएको वार्तामा यसबारे छलफल भए पनि निष्कर्षमा भने पुगेन । अहिले साँझ इमाले नेताहरु बालुवाटार गएर थप छलफलमा जुटिरहेका छन् ।  


    images
    images

    Logo