images
images

नेपालमा खेर जाने ६ सय मेगावाट बिजुली किन्न भारत सहमत


  • 665
    SHARES
  • २०७८ फाल्गुण १२ गते बिहीबार

    नेपालमा खेर जाने ६ सय मेगावाट बिजुली किन्न भारत सहमत

    काठमाडौं । भारतले बर्खा याममा नेपालमा खेर जाने ६ सय मेगावाट बिजुली किन्ने भएको छ । नेपाल र भारतको उर्जा सचिवस्तरीय बैठकमा भारतले यस्तो सहमति जनाएको हो । ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट बर्खा याममा सो बराबरको बिजुली खदि गर्न भारत सहमत भएको हो । अहिले सो प्रसारण लाइनबाट अधिकतम ६ सय मेगावाट बिजुली प्रवाह हुन सक्छ । 

    अहिले सो प्रसारण लाइनबाट नेपालले बिजुली आयात गरिरहेको छ । तर, बर्खामा आयात गर्नु नपर्ने समयमा सोही प्रसारण लाइनबो प्रयोग गरेर बिजुली निर्यात गर्न लागिएको हो । यसबाट बर्खामा बढी हुने विद्युत केही हदसम्म भए पनि बिक्री गर्न सकिने भएको छ । अहिले भारतले भने ३९ मेगावाटसम्म मात्रै बिजुली किन्न स्वीकृति दिएको छ ।

    यो वर्ष वर्खा याममा नेपालको १२ सय मेगावाटभन्दा बढी बिजुली खेर जाने अवस्था छ । ६ सय मेगावाट यो प्रसारण लाइनबाट पठाउन सकिने भएकोले अहिले सो बराबर बिजुली किन्न भारत सहमत भएको हो । बाँकीका लागि भने प्रसारण लाइन नै बनाउनुपर्ने अवस्था छ । 

    बैठकले  नेपाल र पश्चिम बंगालसम्मको १३२ केभी प्रसारण लाइन निर्माण गर्न अध्ययन गर्ने, बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइन निर्माण गर्न चाँडै संयुक्त कम्पनी गठन गरी प्रसारण सम्झौता गर्न दुवै पक्षलाई निर्देशन दिने, नेपालले आगामी एक वर्षभित्र मार्च महिनासम्म आफ्ना मुख्य मुख्य सबस्टेसनहरूमा विशेष सुरक्षा प्रणाली जडान गर्ने  र नेपालमा ठूला जलविद्युत आयोजनामा संयुक्त सहकार्य गर्न आयोजना पहिचानका लागि ‘द्विदेशीय संयुक्त जलविद्युत विकास समिति गठन गर्ने सहमति समेत भएको छ । 


    images
    images

    Logo