काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि लगाइएको महाभियोग प्रस्तावविरुद्ध रिट संवैधानिक इजलासमा पुगेको छ । बुधबार सो माहाभियोग शक्ति पृथकीकरणको सिद्धान्त विपरित भएको भन्दै अधिवक्ताहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
उक्त रिटमाथि संवैधानिक व्याख्याको जरुरत भएकोले सो रिटलाई संवैधानिक इजलास पठाइएको हो ।
अधिवक्ता पुण्य गौतम, दीपक मिश्र र त्रिलोक विक्रम चन्द लगायतले संघीय संसद सचिवालय, सभामुख लगायतविरुद्ध रिट दर्ता गराएका छन् । उक्त रिटमा जबरामाथि लगाइएको महाभियोग प्रस्ताव अगाडि नबढाइ प्रधानन्यायाधीश लाई स्वतन्त्र रुपमा काम गर्न दिन माग गरिएको छ ।