काठमाडौं । आज प्रतिनिधि सभामा एमसीसीको बारेमा छलफल हुने भएको छ । तर अर्थमन्त्री जनार्दन शर्मा भने घुमफिरमा लागेका छन् ।
मन्त्री शर्मा पर्वत उद्योग वाणिज्य महासंघको साधारण सभामा मुख्य अतिथिका रुपमा पर्वत गएका थिए । यसै क्रममा मन्त्री शर्मा बाग्लुङ बलेवामा रहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा नवनिर्मित स्काइ क्याफेमा पुगेका हुन् ।
कालीगण्डकी नदि खोँचमा नदि देखि २ सय ५५ मिटर अग्लो भिरमा स्टिलको डोरिमा झुन्ड्याएर निर्माण गरिएको स्काइ क्याफेमा शर्मा श्रीमती लक्ष्मी पौडेलसँगै पुगेका छन्
आइतबार प्रतिनिधि सभा बैठकमा एमसिसी टेबल हुँदा पनि अर्थमन्त्री शर्मा भने उपस्थित भएका थिएनन् । उनी बिरामी भएका कारण संसदमा उपस्थित भएका थिएनन्।



