काठमाडौं । युरोपेली मुलुक युक्रेनमा रुसले सैन्य कारबाही सुरु गरेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आजदेखि सैन्य कारबाही सुरु गरिएको घोषणा गरेका हुन् । उनले युक्रेनी सेनालाई हलियार विसाएर घर फर्किन आग्रह समेत गरेका छन् । उनले यस कारबाहीमा मस्को विरुद्ध लाग्ने जोकोहीलाई पनि राम्रो नहुने चेतावनी समेत दिएका छन् ।
उता अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि युक्रेनमा सैन्य कारबाहीको प्रतिरोध गर्ने चेतावनी दिएका छन् । उनले यसबाट हुने सबै क्षतिको जिम्मेवार रुस हुने समेत बताए ।
रुसको सैन्य कारबाही घोषणासँगै युक्रेन संकटग्रस्त बनेको छ ।



