images
images

‘मुद्दती खाताको ब्याजदर १५% पुग्नसक्छ, एकल अंकमा ऋण पाउने सपना नदेख्नुस्’


  • 797
    SHARES
  • २०७८ फाल्गुण ११ गते बुधबार

    ‘मुद्दती खाताको ब्याजदर १५% पुग्नसक्छ, एकल अंकमा ऋण पाउने सपना नदेख्नुस्’

    काठमाडौं । ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले मुद्दती खाताको ब्याजदर यही वर्ष १५ प्रतिशत पुग्नसक्ने बताएका छन् । तरलता समस्या दिनप्रतिदिन बढ्दै गएको भन्दै उनले यस्तो अवस्था आउनसक्ने चेतावनी दिएका हुन् । 

    नेपाल उद्योग वाणिज्य महासंघले राजधानीमा आयोजना गरेको छलफलमा बोल्दै बज्राचार्यले तत्काल तरलता अभाव हट्ने अवस्था नभएको समेत बताए । उनले एकल अंकमा ब्याजदर झार्ने सपना नदेख्न उद्योगीहरुलाई सुझाव समेत दिए । 

    राष्ट्र बैंकले बढाएको ब्याजदरका कारण अब बैंकहरुले समेत ब्याजदर बढाउनैपर्ने दवाव देखिएको उनको भनाइ छ । 


    images
    images

    Logo