काठमाडौं । कारोबारको अन्तिम समयमा लगानीकर्ताले धैर्यता गुमाउँदा शेयर बजारमा आज पनि गिरावट आएको छ । साताको चौथो दिन बुधबार नेप्से १५.५ अंकले घटेर २ हजार ७ सय २० अंकमा झरेको हो । आज बजारमा ३ अर्ब १३ करोड रुपैयाँको कारोबार भयो ।
घट्दो बजारका बाबजुद आज शेयर बजारमा केही कम्पनीको वृद्धि उच्च रह्यो । आज १० कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा धेरैले बढेकोमा दिव्यश्वरी र युनाइटेड इदी मर्दी हाइड्रोपावरमा सकारात्मक सर्किट लाग्यो । घलेम्दी, तेह्रथुम हाइड्रो कम्पनीले समेत आज उच्च मूल्य कमाए । अ
अआज बजारमा १ सय २८ कम्पनीको मूल्य घट्दा ५८ कम्पनीको मूल्य बढेको छ । ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज हाइड्रो र म्युचुअल फण्ड समूहका परिसूचकम मात्रै बढेका छन् । हाइड्रोपावर समूहमा १.०७ प्रतिशतको वृद्धि भएको छ । सबैभन्दा धेरै घटेको उत्पादनमूलक क्षेत्रमा १.२२ प्रतिशतले मूल्यह्रास ह्रास आएको छ ।



