काठमाडौं । बैंक तथा बित्तिय संस्था कसूरमा संलग्न चिनियाँ नागरिक सहित ३७ जना पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-९ पुरानो बानेश्वरस्थित एक घर भाडामा लिई सिन्धुली घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिकामा बस्ने दीपक श्रेष्ठको नाममा लेमोन ग्रुप अफ कम्पनी दर्ता गरी चिनियाँ नागरिकद्वारा बिभिन्न एप्लिकेशनहरु मार्फत गैर कानूनी तवरले लोन स्क्याम गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा काठमाडौंबाट खटिएको बिशेष टोली र प्रहरी बृत्त, नयाँ बानेश्वरको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उक्त घटनाको सम्बन्धमा बैंक तथा बित्तिय संस्था ऐन, २०७३ अन्तर्गतको कसूरमा काठमाण्डौ जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई प्रहरी बृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।