काठमाडौं । आज सुनचाँदी बजारमा सुनको मुल्यमा गिरावट आएको छ । आज सुनको मुल्य प्रतितोला ९६ हजार ५ सयमा कारोबार भएको छ ।
मंगलबार प्रतितोला ९७ हजारमा कारोबार भएको सुनको मुल्य आज ५ सयले घटेर प्रतितोला ९६ हजार ५ सयमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ९५ हजारमा कारोबार भएको छ भने चाँदीको मुल्यमा ५ रुपैयाँले वृद्धि भइ प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



