images
images

नेष्डो समृद्ध लघुवितको आईपीओ आजदेखि, बजारको अर्को 'ब्लुचिप' शेयर थपिँदै


  • 493
    SHARES
  • २०७८ फाल्गुण ११ गते बुधबार

    नेष्डो समृद्ध लघुवितको आईपीओ आजदेखि, बजारको अर्को 'ब्लुचिप' शेयर थपिँदै

    काठमाडौं । नेष्डो समृद्ध लघुवितको आईपीओ आजदेखि खुल्दैछ । लघुवित्तले ८ लाख २८ हजार कित्ता साधारण शेयरका लागि बुधबारदेखि आवेदन खुला हुन लागेको हो । 

    निष्काशन गर्ने शेयरमध्ये १२ हजार ७ सय कित्ता कर्मचारी र ४१ हजार ४ सय कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएर बाँकी ७ लाख ७४ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागिएको छ ।

    संस्थाका कर्मचारी रसामुहिक लगानी कोषका बाहेक यो शेयर ७७ हजार ४ सय जनालाई वितरण गर्न पर्याप्त हुन्छ । सो शेयरको आवेदन फागुन १५ गते बन्द हुनेछ । इच्छुक आवेदकले डिम्याट खातासँग लिङ्क भएका बैंक खातामार्फत् सीआश्वा प्रणालीबाट शेयरका लागि आवेदन दिन सक्नेछन् ।

    सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ । उक्त आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । 

    आजबाट आईपीओ जारी गर्ने लघुवित्तको हाल  चुक्ता पूँजी १७ करोड २१ लाख  रुपैयाँ रहेको छ । आईपीओ वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी २५ करोड ५० लाख पुग्नेछ ।

    यो लघुवित्तको वित्तीय अवस्था लघुवित्त क्षेत्रमा उत्कृष्ठ संस्थाकै हाराहारीमा छ । अघिल्लो आर्थिक वर्षमा सो लघुवित्तको प्रतिशेयर आम्दानी ९४ रुपैयाँ रहेको छ । आईपीओ जारी भएपछि समेत यो आम्दानी बढेर  १०० रुपैयाँ भन्दा बढी पुग्ने अनुमान गरिएको छ । 

    २०७७ ७८ को लेखापरिक्षण गरिएको वित्तीय विवरण अनुसार सो कम्पनीको प्रतिशेयर नेटवर्थ २ सय ६० रुपैयाँ ८४ पैसा रहेको छ । यसले सो लघुवित्तको पहिलो शेयर कारोबार ७ सय ८० रुपैयाँसम्ममा हुन सक्छ । यो वर्ष यस्तो नेटवर्थ ३ सय ५२ रुपैयाँ पुगेको छ । आगामी वर्ष यस्तो नेटवर्थ ३ सय ६३ पुग्ने प्रक्षेपण गरिएको छ । 


    images
    images

    Logo