काठमाडौं । कल सेन्टरको नाममा राजधानीमा अवैध रुपमा वित्तीय कारोबार सञ्चालन हुने गरेको खुलेको छ । काठमाडौंमा बस्दै आएका भारतीय नागरिकलाई आवद्ध गराइ छोटो समयका लागि महँगो ब्याज लिएर यस्तो धन्दा हुने गरेको पाइएको हो ।
भारतीय श्रमिकलाई ५–१० हजार रुर्पैयाँ सापटी दिने, महँगो ब्याज लिने, समयमा पैसा उठाउन कल सेन्टरको नाममा कल गर्ने गरिएको छ । यसरी कल सेन्टर सञ्चालन गर्ने चिनियाँ नागरिक छन् । सन सिटी अपार्टमेन्टमा बस्ने उनले सानोठिमीमा उनले अवैध धन्दा चलाइरहेको भेटिएको ३ तल्ले घर भाडामा लिइ सञ्चालन गरेको भेटिएको छ ।
सोमबार सानोठिमी स्थित उक्त घरमा छापा मार्दा ती चिनियाँ नागरिक सहित ८० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसमध्ये ४७ जना महिला र ३३ जना पुरुष रहेका छन् । उक्त कार्य सञ्चालन गर्न प्रयोग भएका १४ थान डेस्कटप कम्प्युटर, ४८ थान ल्यापटप र २ थान आइप्याड नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।



