images
images

नेशनल लाइफ इन्स्योरेन्स ३५ औं वर्षमा प्रवेश


  • 521
    SHARES
  • २०७८ फाल्गुण १० गते मंगलबार

    नेशनल लाइफ इन्स्योरेन्स ३५ औं वर्षमा प्रवेश

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले ३५ औं वर्षमा प्रवेश गरेको छ । मंगलबार सो कम्पनीले विभिन्न कार्यक्रम गर्दै आफ्नो ३४ औं वार्षिकोत्सव मनाएको छ । 

    सो अवगसरमा कम्पनीको मुख्यालय लाजिम्पाटमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ । यसमा ५० भन्दा बढी कम्पनी कर्मचारी सहभागिता रहेको कम्पनीले जनाएको छ । त्यस्तै, देशभरमा ३४ वटा वृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको छ । सो कम्पनीले आफ्ना कर्मचारीबीच विभिन्न खेलकुद कार्यक्रम आयोजना गरेको छ । 

    ५० अर्ब भन्दा धेरैको जीवनबीमा कोष रहेको यो कम्पनी निजी क्षेत्रको पहिलो जीवनबीमा कम्पनी समेत हो । सो कम्पनीले यस आर्थिक वर्षमा शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने प्रस्ताव गरेको छ । 

    कम्पनीको चुक्ता पूँजी हाल ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले आर्थिक वर्ष २०७६÷०७७ मा बीमितलाई न्यूनतम प्रति हजार ६४ रुपैयाँ देखि ८५ रुपैयाँसम्म दिएको छ कम्पनीले चालु वर्षमा शाखा कार्यालयमा आफ्नो भवन निर्माण गर्ने प्रक्रिया समेत अघि बढाएको छ । 

    ३५ औं वार्षिकोत्सवको अवसरमा कम्पनीका प्रमुदख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीप्रति विश्वासका साथ सहकार्य गर्ने सम्पूर्ण ग्राहक, कर्मचारी, अभिकर्ता एवं शुभेच्छुकप्रति हार्दिक आभार र नियामक निकाय लगायत अन्य सम्बन्धित संस्थाको मार्गदर्शनप्रति कृतज्ञता व्यक्त गरेका छन् । 


    images
    images

    Logo