काठमाडौं । वैदेशिक रोजगारीमा गएकालाई आईपीओमा कोटा छुटाइने भएको छ । बिदेशी मुद्रामा खाता खोल्ने गैर आवासीय नेपालीहरुलाई ताकेर आईपीओमा कोटा छुटाइएको हो । बैधानिक रेमिट्यान्स च्यानलबाट पठाउने बिदेशी नेपाली नागरिकलाई प्रोत्साहन गर्ने ५ प्रतिशत सुविधा दिन लागेको हो ।
बैधानिक च्यानलबाट आउने रेमिट्यान्सलाई प्रोत्साहन गर्नेको लागि ५ प्रतिशत आईपीओ वैदेशिक रोजगारीमा गएकालाई अनिवार्य गर्नेलाई सहमति भएको हो । रेमिट्यान्स पठाएर मुलुको अर्थतन्त्रलाई सहयोग गर्नेहरुको लागि यो निती ल्याइएको छ भने पछिल्लो समयमा सर्बसाधारणको आईपीओमा निकै आकर्षण बढेकाले बिदेशीबाट पैसा पठाउनेका लागि आईपीओमा कोटा छुटाइने भएको हो ।