images
images

११ खर्ब ४७ अर्बको आयात हुँदा १३ अर्बको निर्यात, बैदेशिक व्यापार घाटा ३८ प्रतिशतले बढ्यो


  • 595
    SHARES
  • २०७८ फाल्गुण १० गते मंगलबार

    ११ खर्ब ४७ अर्बको आयात हुँदा १३ अर्बको निर्यात, बैदेशिक व्यापार घाटा ३८ प्रतिशतले बढ्यो

    काठमाडौं । भंसार विभागले माघ महिनाको तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार ११ खर्ब ४७ अर्बको आयात हुदा १३ अर्बको निर्यात भएको छ । 

    चालु आर्थिक वर्षको माघ महिनासम्ममा ११ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । यो गत बर्षको यसै अवधिमा ८ खर्ब ३ अर्बको मात्रै आयात भएको थियो । जुन गत वर्षको तुलनामा ४२.७८ प्रतिशतले बढि हो । 

    यस्तै, गत वर्षको यसै अवधिमा ६७ अर्ब ९१ करोड निर्यात भएको थियो भो आर्थिक बर्षको माघ महिनासम्ममा १ खर्ब १० अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ । यो गत वर्षको तुलनामा ८८.३० प्रतिशतले बढेको छ । 

    विभागको तथ्यांक अनुसार वैदेशिक व्यापार घाटा पनि बढ्दो छ । आर्थिक वर्षको माघ महिनासम्म बैदेशिक व्यापार घाटा ३८.४५ प्रतिशतले बढेको छ ।  गत वर्ष ७ खर्ब ३३ अर्ब रहेको व्यापार घाटा अहिले ३८.४५ प्रतिशतले बढेर १० खर्ब १५ अर्ब रुपैयाँमा पुगेको छ । 

    समग्र वैदेशिक व्यापार आर्थिक वर्ष माघसम्ममा १२ खर्ब ७९ अर्ब बराबरको भएको छ । गत वर्षको सोहि अवधिमा वैदेशिक व्यापार ८ खर्ब ७३ अर्ब बराबरको भएको थियो । गत वर्षको तुलनामा वैदेशिक व्यापार पनि ४६. ४३ प्रतिशतले बढेको छ । 


    images
    images

    Logo