काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य ८ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ९७ हजार रुपैयाँमा कारोवार भएको छ ।
सोमबार प्रतितोला ९६ हजार २ सयमा कारोबार भएको सुनको मुल्य आज ८ सयले बढेर ९७ हजार रुपैयाँले कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी चाँदीको मुल्य १५ रुपैयाँले बढेर आज प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।