images
images

ग्रिनलाइनका सञ्चालक अग्रवाल पक्राउ


  • 328
    SHARES
  • २०७८ फाल्गुण १० गते मंगलबार

    ग्रिनलाइनका सञ्चालक अग्रवाल पक्राउ

    काठमाडौँ । मदिरा व्यवसायी तथा ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरले बैंकिङ कसुरअन्तर्गत परेको उजुरीका आधारमा शनिबार बालुवाटारबाट पक्राउ गरेको जनाएको छ । 

    परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अग्रवाललाई बैंकिङ कसुरअन्तर्गतको उजुरीका आधारमा पक्राउ परेको जानकारी  दिए । अग्रवालले व्यवसायी सञ्जय अधिकारी र टङ्कशमशेर जबरालाई तिर्नुपर्ने ५० लाख र एक करोड ५० लाखका दुईवटा चेक बाउन्स भएको भन्दै २०७८ भदौ ११ गते उजुरी परेको प्रहरीले जनाएको छ । 

    पक्राउ परेका अग्रवाललाई उच्च अदालत पाटनबाट चार दिनको म्याद थपी थप अनुसन्धान भइरहेको मैनालीले जानकारी दिए ।  ३० वर्षदेखि काठमाडौँमा विदेशी मदिराको व्यवसाय गर्दै आएको अग्रवाल परिवार आर्थिक संकटमा परेको भन्दै गत पुस २२ गते नौ जनाको परिवार फरार भएको थियो


    images
    images

    Logo